२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनको मूल्य प्रतितोला ९९ हजार

साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ तोकिएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ७ सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३ सय रुपैयाँमा आएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: १८ वैशाख २०७९ ०६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App