ग्लोबल टेक्नोलोजी लिडर साओमीले मी नोटबुक २०२१ सिरिज र रेड्मीबुक सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ। नोटबुक अल्ट्रा र मी नोटबुक प्रो सरल डिजाइन र अत्याधुनिक प्रविधि प्रयोग गरी डिजाइन गरिएको कम्पनीले दाबी गरेको छ।
रेड्मी बुक सिरिजमा १५.६ इञ्चको डिस्प्ले, ११ औं जेनेरेसन रहेको छ। कम्पनीले मल्टी टास्करहरूलाई अप्टिमाइज्ड स्पेसिफिकेसनहरूका साथ लगातार ११ घण्टासम्मको व्याट्री व्याकअप प्रदान गर्ने कम्पनीले दाबी गरेको छ। साओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर, अमितकुमार पंडाले फोन प्लस स्ट्राटेजीमा ध्यान दिँदै आइरहेको बताए।
‘हामीले हाम्रो फोन–प्लस स्ट्राटेजीमा ध्यान केन्द्रित गरेका छौं’–उनले भने। कम्पनीले अन्य इलेक्ट्रोनिक्स उत्पादनहरूमा गहिरो अध्ययन गर्दै आएको जनाएको छ।
प्रकाशित: ७ वैशाख २०७९ ०१:२१ बुधबार