२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाली बजारमा सुनको मूल्य ६ सयले बढ्यो

नेपाली बजारमा बुधबार सुनको भाउ ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको तोलाको ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको छ।

मंगलबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ।

चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ। मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित: ३० चैत्र २०७८ ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App