१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

हुन्डाईको नयाँ वर्ष योजना सार्वजनिक

हुन्डाई अटोमोवाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ योजना सार्वजनिक गरेको छ। कम्पनीले यो योजना अन्तर्गत ग्राहकहरूले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्ने सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर जनाएको छ।

कम्पनीले नयाँ वर्षको बोनसबापत ७९ हजार र एक्सचेञ्ज बोनस बापत ७९ हजारसम्म दिने जनाएको छ।  

कम्पनीले मोडल इयर छुट बापत ९९ हजार सम्म, द्रुत मूल्याङ्कन र स्पट एक्सचेञ्जमा १ वर्षको लागि निःशुल्क बिमा र सडक करको व्यवस्था गरेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ वटा शोरुम र १९ वटा सर्भिस सेन्टरबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादकमध्येमा पर्दछ।

प्रकाशित: २९ चैत्र २०७८ ०४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App