२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

एक सय लगानीकर्ता सदस्यबाट ५० करोड लगानी गर्ने अभियान

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव मानन्धरले नयाँ सोच र विचारका साथ व्यापार व्यवसाय प्रवर्द्धन एक सय लगानीकर्ता सदस्यहरुबाट करिब ५० करोड रुपैयाँ लगानी गर्ने अभियान सञ्चालन थालेको बताएका छन्।

मोर्डन यथु फोर सोसाइटी भक्तपुरले मानन्धर समदुायको व्यापार व्यवसाय प्रवर्द्धनका लागि गरेको गोष्ठीमा उनले मानन्धर समुदायको परम्परागत व्यवसायलाई परिस्कृत र आधुनिक बनाउन तथा नयाँ पुस्तालाई उद्यमी बनाउन उत्प्रेररित गर्न स्काई इन्टरनेशनलको समेत सहयोगमा विभिन्न उद्यमशिलता विकास कार्यक्रम प्रवर्द्धन योजनामा रहेको जानकारी पनि गराए।

भक्तपुर जिल्ला मानन्धर यवुा संघ र स्काई इन्टरनेशनल ग्रपु प्रा लि को सहकार्यमा भएको कार्यक्रममा पूर्व सहरी विकासमन्त्री रामवीर मानन्घरले सफल व्यापारव्यवसायले मात्रै मुलकुको अर्थतन्त्रले कोल्टो फेर्नसक्ने बताए।

कार्यक्रममा स्काई इन्टरनेशनलका अध्यक्ष के पी अवाल, पूर्व मिस नेपाल इभाना मानन्धर, भक्तपुर चेम्वर अफ कमर्शका अध्यक्ष न्हुछे मानन्धर, संस्थाका महासचिव रामकृष्ण मानन्धर, योङ योंग आन्तरप्रोन्योर्स संघका अध्यक्ष रोहित मानन्धर, केन्द्रिय मानन्धर संघका युवा कोअर्डिनेटर सन्देश मानन्धर, काभ्रे उद्योग वाणिज्य संघका राकेश मानन्धरलगायतका सहभागी अतिथिहरुले नयाँवर्ष तथा विस्का जात्राको शभुकामना आदान प्रदान गर्दै व्यवसाय प्रवर्द्धनमा संगठित र व्यवस्थित रुपले समाजलाई आवश्यक वस्तु उत्पादन, प्रवर्द्धनका लागि लगानी तथा रोजगार वृद्धि गर्ने विषयमा आआफ्नो धारणा व्यक्त गरेका थिए।

भक्तपुर कमल विनायकस्थित केभी लञ्ज तथा जगातीको छुयाला पसलको विशेष सहकार्यमा कार्यक्रम भएको थियो।

प्रकाशित: २६ चैत्र २०७८ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App