५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

चालु आवमा ३.९ प्रतिशत आर्थिक वृद्धिदर हुने एडिबीको अनुमान

एसियाली विकास बैङ्क (एडिबी) ले चालु आर्थिक वर्ष २०७८–७९ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

एडीबीले बुधबार एसियन डेभलपमेण्ट आउटलुक २०२२ सार्वजनिक गर्दै यस्तोे प्रक्षेपण गरेको हो। आउटलुटक एडीबीको समष्टिगत आर्थिक अपडेट समेटिएको प्रकाशन हो। नेपालले भने चालु आवको बजेटमार्फत ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो।

दक्षिण एसियाली मुलुकहरूमध्ये श्रीलङ्का र नेपालको आर्थिक वृद्धिदर कमजोर रहने बताएको छ। श्रीलङ्काले २.४ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त गर्नेछ। सबैभन्दा धेरै मालदिभ्सले ११ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्नेछ। यस्तै भारतले ७.५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने एडीबीले  

जनाएको छ। एडिबीले नेपालमा महामारीविरुद्ध खोप अभियान जारी रहेको र आर्थिक गतिविधि क्रमशः सामान्य बन्दै गएका कारण यो दरमा आर्थिक वृद्धि हुने दाबी गरेको छ। अहिलेको युक्रेन–रुस युद्धका कारण विश्वव्यापी रूपमा आएको आर्थिक मन्दी, आपूर्ति शृङ्खला र व्यापार चक्रमा अवरोध, कच्चा तेल तथा अन्य वस्तुको मूल्य वृद्धि जस्ता कारणले भने समग्र मूल्यवृद्धिमा चाप पर्ने बताएको छ। यही कारण नेपालको भुक्तानी सन्तुलन र विदेशी मुद्रा सञ्चितिमा थप दबाब पर्ने समेत बताइएको छ।

एडिबीका अनुसार बेमौसमी वर्षा र मौसम प्रतिकुलताका कारण प्रमुख खाद्यान्न बाली धानको उत्पादन ९ प्रतिशतले घटेको र यसले आर्थिक वृद्धिदर घटाउन सहयोग गरेको छ। यस्तै एडिबीले यो वर्ष उद्योगको वृद्धिदर ४.१ प्रतिशत रहने अनुमान गरेको छ। सन् २०२१ मा पर्यटनमा परेको नकारात्मक प्रभाव यस वर्षबाट सुधार हुँदै जाने अपेक्षा गरिएको छ।

प्रकाशित: २४ चैत्र २०७८ ०३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App