१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सुजुकीको ‘ह्याप्पी न्यु कार’ योजना सुरु

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सिजीहोल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले नयाँ वर्षको अवसरमा ‘सुजुकी ह्याप्पी न्यु कार’ योजना सार्वजनिक गरेको छ।

यो योजना अन्तर्गत ग्राहकले दुई लाख रूपैयाँसम्म नगद छुट, एक लाख पच्चीस हजार रूपैयाँसम्म एक्सचेञ्ज बोनस, एक वर्षको सवारी बिमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजारसम्म अतिरिक्त छुट पाउन सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८वटै सोरूममा लागू हुनेछ। सुजुकीका विभिन्न मोडेल अनुसार फरकफरक खालका छुटहरू लागू हुने कम्पनीले जनाएको छ। सुजुकी ब्राण्डले एस्प्रेसो, वागेन आर, सेलेरिओ, इग्निस्, स्विफ्ट, बलेनो, डिजाएर, सिआज, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एलसिक्स, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा विक्री वितरण गर्दै आएको छ। 

प्रकाशित: २३ चैत्र २०७८ ०१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App