नेकपा (एमाले)लेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाल विद्युत प्राधिकरणले प्राथमिकताको आधारमा एउटा करिडोरमा मात्रै जलविद्युत परियोजना निर्माणमा जोड दिनु पर्ने बताएका छन्।
सोमबार काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’मा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले प्राधिकरणले प्राथमिकताको आधारमा एउटा करिडोरमा मात्रै जलविद्युत परियोजना निर्माणमा जोड दिनु पर्ने बताएका हुन्।
उनले पछिल्लो समय नेपालका कुना कुनामा गएर विद्युत परियोजना निर्माण गर्ने तर प्राधिकरणले सबै ठाउँमा टान्समिसन लाइन पुर्याउन सक्ने अवस्था नभएकाले एउटै करिडोरमा विद्युत उत्पादनमा सरकारले जोड दिनु पर्ने बताए।
पूर्वमन्त्री पाण्डेले उत्पादन गर्ने प्रशस्त पानीको क्षमता छ भन्दैमा सबै पानीबाट विद्युत उत्पादन एकै पल्ट गर्नु नहुने बताए। विभिन्न मुलुकको विकास गर्ने नीति आ–आफ्ना हुने भन्दै पूर्वमन्त्री पाण्डेले सरकारले एउटा करिडोरलाई प्राथकिता दिएर विद्युत उत्पादनमा जोड दिने नीती बनाउनु पर्ने बताए।
पूर्वअर्थमन्त्री पाण्डेले पछिल्लो समय प्राथमिकताको आधारमा भन्दा पनि शक्तिको आधारमा सुविधा माग गर्न विकासको मोडलमा पुगेको बताए। उनले सरकारले लाखौं खर्च गरेर जनताको घरमा विद्युत पुर्याउने तर राज्यले त्यहाँबाट २५ पैसा नाफा पाउने अवस्था वर्तमान अवस्था रहेको दाबी गरे। प्राधिकरणले प्राथमिकताको आधारमा प्रसारण लाइनको निर्माण गर्ने कुरामा ध्यान दिए मात्रै जलविद्युत विकास गर्न सकिने उनको भनाइ छ।
प्रकाशित: २१ चैत्र २०७८ १२:५५ सोमबार