५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक १५.९४ अंकले गिरावट

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ। सोमबार नेप्से परिसूचक १५.९४ अंक घटेर २ हजार ४९७.४७ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स २.४७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंकले गिरावट आएको छ।

सोमबार कारोबारमा आएको २२६ कम्पनीको ३४ लाख २९ हजार कित्ता शेयर १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आइतबारको तुलनामा सोमबारको कारोबार रकम वृद्धि भएको छ। आइतबार १ अर्ब ४६ करोडको शेयर कारोबार भएको थियो।

सोमबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी अन्य उपसमूहको शेयर मूल्य ०.१ प्रतिशत भन्दा बढीले गिरावट आएको छ।

नेप्से परिसूचकमा गिरावट आए पनि २ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेर कारोबार भएको छ। त्यस्तै इमर्जिङ्ग नेपालको शेयर मूल्य ९.१२ प्रतिशत बढेको छ।

कर्णाली डेभलपमेन्ट बैंक र प्रभु इन्स्योरेन्सको शेयर मूल्य ४ प्रतिशतभन्दा बढीले गिरावट आएको छ। कारोबार रकमका आधारमा ६ करोड ३९ लाख १५ हजार रुपैयाँ बराबरको शेयर कारोबार गरेर इमर्जिङ्ग नेपाल शीर्ष स्थानमा रहेको छ। नबिल बैंकको साँढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

प्रकाशित: २१ चैत्र २०७८ ११:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App