९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम

सप्ताहब्यापी वित्तीय सारक्षता कार्यक्रममा सहभागीहरु। तस्बिर: गोविन्द/नागरिक

एनएमबि बैंक कर्णाली प्रदेश कार्यालयको संयोजनमा दैलेख र सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम सप्ताहव्यापीरुपमा गरिएको छ। दैलेखका तिन वटा र सुर्खेतका तिन वटा स्थानीय तहमा वित्तीय साक्षरता अभिमुखिकरण कार्यक्रम गरिएको हो। वित्तीय सारक्षता कार्यक्रममा बैंकले दिने सेवा सुविधाका बारेमा स्थानीयहरुले ज्ञान लिने मौका पाएका हुन्।

सुर्खेतका पंञ्चपुरी नगरपालिका, लेकबेंसी नगरपालिका, बराहताल गाउँपालिका र दैलेखका नारायण नगरपालिका, गुरासँ गाउँपालिका र नौमुले गाउँपालिकामा ६ सय ५० जना सहभागीहरुविच वित्तीय साक्षरता कार्यक्रम गरिएको एनएमबि बैंकका कर्णाली प्रदेशका एरिया मेनेजर मित्रराज प्याकुरलेले बताए। आम्दानी, खर्च, बचत, ऋण, सापटी तथा बजेटको आधारभुत ज्ञान, पैसाको सदुपयोग र सही तरिकाले व्यवस्थापन, सही आर्थिक निर्णय गर्न, बैंकिङ्ग तथा वित्तीय संस्थासंग कारोवार गर्न तथा भविष्यमा वित्तीय व्यवस्थापनमा सघाउ पुराउनका लागि वित्तीय साक्षरता कार्यक्रमले गरिएको बैंकले जनाएको छ।

त्यस्तै सहभागीहरुले आर्थिक संकट पूर्वाअनुमान गरेर अनावश्यक ऋण बोझबाट जोगिने, सिमित आयबाट पनि दैनिक खर्च, भैपरी आउने खर्च र ब्यापार व्यवसाय ब्यवस्थापन गर्न सिकाउने, विशेष युवाहरुलाई बचत गर्ने बानी र वित्तीय सेवा बसाल्न र वित्तीय सेवा लिन फाईदा साक्षरता कार्यक्रमले गरेको बैंकका कर्णाली प्रदेश एरिया मेनेजर प्याकुरेलले बताए। कार्यक्रममा एटिएम मेसिन, मोवाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड (एटिएम कार्ड) र क्रेडिट कार्ड लगायतका विषयमा सहभागीहरुलाई ज्ञान सहभागीहरुलाई दिईएको एनएमबि बैंकले जनाएको छ।

साक्षरता कार्यक्रममा ७५ प्रतिशत महिला सहभागी रहेका थिए। बैंकका कर्णाली प्रदेश एरिया मेनेजर मित्रराज प्याकुरेल, सुर्खेत शाखा ऋण शाखा प्रमुख निर्मल गौली, व्यवसायी विकास अधिकृत खगेन्द्र पाण्डेले वित्तिय साक्षरता कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए।

कर्णाली प्रदेशको सुर्खेत र दैलेखमा एनएमबि बैंकका ३ वटा शाखा रहेका छन्। दि बैंक अफ दि इयर एसिया २०२१  जस्तो विश्व प्रतिष्ठित अवार्डबाट एनएमबि बैंक नेपाललाई सम्मान गरिएका कारण वित्तीय क्षेत्रमा ठुलो उपलब्धीका रुपमा हेरिएको छ।

प्रकाशित: १५ चैत्र २०७८ १२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App