१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

‘फोर्स गुर्खा’ सार्वजनिक

नेपालका लागि फोर्स मोटर्सको आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो  नँया गाडी  फोर्स गुर्खा  नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ।

नेपालका बाटोहरूलाई अन्त्यन्त उपयुक्त यस गाडीको बिक्री वितरण सुरु भएसँगै ग्राउण्ड–अप मोडुलर आर्टिटेक्चर प्लेटफर्ममा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी–वागनलाई प्रतिविम्बित गरेको कम्पनीले जनाएको छ।

यसको सुरुवाती मूल्य ७९ लाख रूपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार लामो र चौडा  वनावट भएको  गुर्खाको  क्याबिन अत्यन्त  फराकिलो र आरामदायी रहेको छ। यसमा चारै जना यात्रुको लागि क्याप्टेन सिट लगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं  पाँच सय लिटरको बुट स्पेसको व्यवस्था छ।

मर्सिडिज निर्मित  २६०० सिसि इञ्जिन जडित गुर्खा आफ्नो श्रेणीमा  (सेग्मेंट) एक मात्र यस्तो गाडी हो जुन विना कुनै समस्या तीन  अंकको गतिमा हाइवेमा दौडिन,   ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्ने कम्पनीको दाबी छ।

त्यस्तै यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पाङ्ग्रामा भएको लक पनि अन्य भन्दा विशेष प्रकारको रहेको कम्पनीले जनाएको छ। पाँच वटा विभिन्न आकर्षक रङ्गहरूमा उपलब्ध  गुर्खामा तीन लाख  किमि वा तीन वर्षको वारेन्टी  रहेको छ। साथै ग्राहकले चार पटकसम्म  निःशुल्क सर्भिसिङ सेवा प्राप्त गर्नेछन्।

प्रकाशित: १३ चैत्र २०७८ ०४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App