१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

गुरुङगाउँमा सामुदायिक भवन

रोल्पा नगरपालिका ४ मा निर्माण सम्पन्न गुरुङगाउँ सामुदायिक भवन एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ।

पूर्व सभामुख कृष्णबहादुर महरा समेतको उपस्थितीमा नगर प्रमुख पूर्ण केसीले होम स्टेका अध्यक्ष हरिजंग गुरुङलाई भवन हस्तान्तरण गरेका थिए। केही समय अगाडि भवन डिभिजन कार्यालयले सो भवन नगरपालिकालाई हस्तान्तरण गरेको थियो।

भवन डिभिजन कार्यालयको करिब २ करोड बढी लागतमा सम्पन्न भवन हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्व सभामुख महराले यो भवनको धेरै महत्त्व रहने बताए। पर्यटन प्रवर्धन गर्न भवनलाई प्रयोगमा ल्याउनु पर्ने महराको जिकिर थियो।

लामो समय यता गुरुङगाउँमा होम स्टे सञ्चालनमा रहेको छ। गृह जिल्ला रोल्पा आएका महराले आइतबार लिवाङ स्वास्थ्य चौकीको उद्घाटन गर्ने कार्यक्रम रहेको रोल्पा नगरपालिकाले बताएको छ।

प्रकाशित: १२ चैत्र २०७८ १३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App