५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

बजेटमा समावेश गर्नुपर्ने विषयबारे राष्ट्र बैंकको सुझाव संकलन

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा समावेश गर्नुपर्ने विषयबारे नेपाल राष्ट्र बैंकले नेपालगन्जका सरोकारवाला पक्षसँग सुझाव लिएको छ। राष्ट्र बैंकको अनुसन्धान विभागले मंगलबार आयोजना गरेको अन्तरक्रियामा उपस्थित भएका यहाँका सरोकारवाला पक्षले विभिन्न राय तथा सुझाव दिए।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले स्वदेशमा उत्पादनलाई प्रोत्साहन बढाउने खालका नीति नबन्दासम्म निर्यात बढ्न नसक्ने सुझाव दिए। सरकारका नीति–निर्माताहरूले त्यसतर्फ ध्यान नदिएको उनको गुनासो छ।

केएल दुगड गु्रपका प्रबन्धक प्रदीप छाजेडले कुनै बेला आत्मनिर्भर रहेका कृषि उत्पादनलाई अहिले आयात गर्नुपर्ने अवस्था आउनु दुःखद् कुरा भएको बताए।

नेपालगन्जका जडीबुटी ब्यवसायी रविन्द्रनाथ शुक्लाले वार्षिक रूपमा करोडौं रुपैयाँको जडीबुटी निकासी हुने गरे पनि सरकारले जडीबुटीलाई कहिल्यै सम्बोधन नगरेको गुनासो गरे।

वरिष्ठ उद्योगी कन्हैयालाल बैद्यले स्वदेशमा सामाग्री उत्पादन कसरी गर्ने भन्ने नीति बनाउनुपर्ने सुझाव दिए।

अर्का उद्योगी चम्पालाल बोथराले विदेशबाट आयात हुने गरेका कैयौं कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्न सकिने सम्भावना भए पनि नीतिगत समस्याले गर्न नसकिएको बताए। कार्यक्रममा बोल्ने अन्य सरोकारवालाले आर्थिक वृद्धि गर्नका सरकारले सहुलियतपूर्ण कर्जा, ऋण अनुदान जस्ता कार्यक्रममा जोड दिनुपर्ने सुझाव दिए।

उक्त कार्यक्रममा राष्ट्र बैंक अनुसन्धान विभागका उपनिर्देशक डाक्टर सञ्जयप्रसाद मिश्रले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभाग निर्देशक डाक्टर डिल्लीराम पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित: ९ चैत्र २०७८ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App