१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

जारको खानेपानीको मूल्य नबढाउन माग गर्दै डिलर व्यवसायी आन्दोलित

जारको खानेपानीको मूल्य बृद्धि फिर्ता र सिण्डिकेट अन्त्य गर्न माग गर्दै आन्दोलित पानी डिलर व्यवसायीहरु।

जारको खानेपानीको मूल्य नबढाउन माग गर्दै पानी (वाटर) व्यवसायी डिलरहरु आन्दोलित भएका छन्। नेपाल वाटर व्यवसायी संघले जारको खानेपानीको मूल्य बढाएपछि पानी व्यवसायी डिलरहरु आन्दोलित भएका हुन्।

नेपाल वाटर व्यवसायी संघले जारको खानेपानी प्रति जार १५ रुपैयाँ वृद्धि गरेको थियो। यसअघी कम्पनीबाट पानी खरिद गर्दा प्रति जार २० रुपैयाँ पर्ने खानेपानीको मूल्य बढाएर संघले ३५ रुपैयाँ कायम गरेको छ। साथै संघले एक कम्पनीको पानी बोक्ने गाडीले अर्को कम्पनीको पानी बोक्न नपाउने नियम बनाएको छ।

संघले जारको पानीको मूल्यसँगै फरक कम्पनीको पानी बोक्न नपाउने नियम बनाएपछि पानी व्यवसायी डिलरहरु त्यसको विरोधमा उत्रिएका छन्। विरोध स्वरुप उनीहरुले मंगलबार साँझ पोखरामा जारको पानी बोकेका गाडीसहित प्रदर्शन गरेका छन्। पोखराको अमरसिंहचोकबाट सुरु भएको विरोध प्रदर्शन नयाँबजारस्थित प्रदर्शनी केन्द्रसम्मै गाडी तेर्साएर गरिएको थियो। 

नेपाल वाटर व्यवसायी संघले सिण्डिकेट लगाएपछि आफूहरु आन्दोलनमा उत्रिनु परेको आन्दोलनका अगुवा तथा पेनगुइन पानी उत्पादन बेच्दै आएको टिके सप्लायर्सका सञ्चालक पुरुषोत्तम कँडेलले बताए।  हिजोसम्म २० रुपैयाँ थियो प्रति जारको पानी, आज बढाएर ३५ रुपैयाँ पुर्‍याइएको छ, अनि एउटा कम्पनीको पानी बेच्नेले अर्को कम्पनीको पानी बेच्नै नपाउने मात्रै होईन गाडीमा राख्नै नपाउने नियम बनाइएको छ। 

यो सिण्डिकेटको विरोध स्वरुप हामी आन्दोलित भएका हौं’,उनले भने। उनले कम्पनीले नै ३५ रुपैयाँ लिएपछि आफूहरुले ७० रुपैयाँमा पसलेलाई बेच्नुपर्ने र पसलेले उक्त जारको पानी एक सय रुपैयाँमा बेच्नुपर्ने अवस्था आएको बताए। त्यसैले जनताको हितका लागि आफूहरु आन्दोलित भएका उनको जिकीर छ। कँडेलले मूल्यवृद्धि फिर्ता र सिण्डिकेटको अन्त्य नभएसम्म आन्दोलन जारी राख्ने बताए।

प्रकाशित: १ चैत्र २०७८ १५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App