६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

प्रविधिमैत्री बन्दै राष्ट्रिय बाणिज्य बैंक,२ लाखसम्म बिना चेक भुक्तानी

राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाले काउण्टरबाट चेक नकाटी क्युआर स्कान गरी सेवा लिदै ग्राहक। तस्बिर: नागरिक

राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाले काउण्टरबाटै २ लाख रुपैयाँसम्म भुक्तानी चेक नकाटी दिन थालेको छ। शाखाबाट प्रदान गरिने सेवालाई प्रविधिको प्रयोग गरी सहज, सुरक्षित र ग्राहकमैत्री बनाउने उद्देश्यका साथ शाखाले २ लाखसम्मको भुक्तानीलाई पेपरलेस बनाएको हो। 

बैंकमा खाता भएको ग्राहकले बिना चेक मोवाइल एप्प प्रयोग गरी सिधै काउण्टरमा चेक नकाटी क्युआर स्कान गरी एकपटकमा २ लाखसम्म रकम भुक्तानी गर्न सकिने सेवाले ग्राहकलाई सहज भएको छ।  

‘पेपरलेस सेवाबाट ग्राहकलाई सहज भएको छ,‘हामीले प्रविधिको प्रयोगसँगै ग्राहकलाई समेत सिकाउँछौ’शाखा प्रबन्धक नवराज ढुंगानाले भने। उनले सेवाग्राहीलाई सहज हुने गरी बैंकभन्दा टाढा रहेको एटिएम मेसिनलाई समेत बैंक नजिकैको घरमा ल्याइएको बताए। 

सरकारी स्वामित्वको बैंकले सेवाबाटै ग्राहकलाई आर्कषित गर्न शाखाभित्र लाइनमा नबसी एकैठाउँबाट कारोबार गर्ने गरी ग्राहकमैत्री संरचना बनाउन टेन्डरमार्फत ५३ लाखभन्दा बढी खर्चिएर काम भइरहेकोे प्रबन्धक ढुंगानाको भनाई छ।

उनले सेवाग्राहीको गुनासो सुन्ने, सेवालाई प्रभावकारी बनाउने, लक्षित समुदायमा प्रवाह हुने कर्जालाई झन्झटरहित प्रवाह गर्ने बताए। तत्कालिन माओवादीको शसस्त्र यूद्धका कारण पश्चिम म्याग्दीको दरबाङमा रहेको शाखा विस्थापित भएर बेनीबाट कारोबार सुरु गरेपछिका संरचनाबाट नै सेवा प्रवाहमा देखिएको समस्यालाई मध्यनजर गरी आगामी दूई महिनाभित्र पूर्णरुपमा नयाँ स्वरुपमा सेवा दिने उनले बताए। 

शाखामार्फत वित्तिय साक्षरता अभियान सहित समुदायस्तरमा समेत विभिन्न सामाजिक बैंकिङ गतिविधि समेत सञ्चालन गर्ने योजना बनाएको जनाएको छ। बेनी शाखामा करिब १६ हजार ग्राहक संख्या रहेको छ। पछिल्लो समय बैंकमा यूवापुस्ताको प्रवेशसँगै सरकारी बैंक समेत निजीसँग प्रतिस्पर्धा गर्ने गरी सेवा प्रवाह गरिरहेको छ।

प्रकाशित: १८ फाल्गुन २०७८ ०८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App