१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

९ सयले बढ्याे सुन

सुनको भाउ बुधबार प्रतितोलामा एक हजार ९ सय रुपैयाँको दरले बढेर एक लाख रुपैयाँ नजिक पुगेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी बुधबार तेजावी सुनको भाउ तोलाको ९९ हजार निर्धारण भएको छ। चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँको दरले बढेको छ। मंगलबार एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ३७५ रुपैयाँ निर्धारण भएको छ।

प्रकाशित: १८ फाल्गुन २०७८ ०५:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App