४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

घरेलु उद्योग महासंघ प्रदेश १ को अध्यक्षमा उपाध्याय

नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश १ मा  शिवा उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। आइतबार विराटनगरमा सम्पन्न महासंघको दोस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलनले उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।  

समितिको वरिष्ठ उपाध्यक्षमा प्रदिप गिरी, उपाध्यक्षमा अशोकुमार विष्ट,उपाध्यक्षमा लिलादेवी रिजाल,महासचिवमा राजेन्द्रकेशरी घिमिरे,सचिवमा वेदनाथ भेटवाल र कोषाध्यक्षमा राजेश मण्डल चयन भएका छन्। 

यस्तै सदस्यहरूमा गणेशबहादुर कटुवाल, खगेन्द्र गौतम, पवन अधिकारीलगायत  छन्। यसैवीच घरेलु तथा साना उद्योग महिला उद्यमी समिति प्रदेश १ को अध्यक्षमा नमिता न्यौपाने चयन भएकी छिन्। यस्तै समितिको बरिष्ठ उपाध्यक्षमा डबलकुमारी चौलागाई, महासचिवमा अनिता गुरागाई,कोषाध्यक्षमा चम्पा नेपाल, सदस्यहरूमा तोपककुमारी थापा, मञ्जु ढकाल,सस्वती कार्कीलगायत  रहेका छन्।

प्रकाशित: १५ फाल्गुन २०७८ १५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App