२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

इ-सेवा ट्राभलको ब्रान्ड एम्बेसडर क्याप्टेन विजय लामा

इ–सेवा ट्राभल एण्ड टुर्सले क्याप्टेन विजय लामालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। इ–सेवाले शुक्रबार एक कार्यक्रमका बीच अन्तर्राष्ट्रिय टिकेटिङ एप्सको सुरूवातसँगै ब्रान्ड एम्बेसडर समेत नियुक्ति गरेको छ। यसअधि नै इ–सेवा एपमार्फत आन्तरिक उडानमा हवाई टिकट काट्न सकिने व्यवस्था रहेकोमा अब अन्तर्राष्ट्रिय उडानका टिकट काट्न सकिने भएको छ।

ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले ५–६ महिनाको तयारी पछि अन्र्तराष्ट्रिय हवाई टिकट योजना सहज सफल भएको बताए। उनले एयरलाइन्स कम्पनी र ट्राभल कम्पनीलाई नै सहज बनाउनको लागि यो सेवा सुचारू गरिएको जानकारी दिए। सापकोटाले इ–सेवाबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्ससँगै अन्य नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय एयरलान्सको टिकट खरिद गर्ने सकिने बताए। उनले सर्वसाधारणलाई सहज टिकटको व्यवस्था गर्न सेवा सुचारु गरिएको उल्लेख गरे। 

त्यस्तै इ–सेवा ट्राभल एण्ड टुर्सका ब्रान्ड एम्बेसडर विजय लामाले ग्राहकलाई सहज गराउन आफूले इ–सेवामार्फत सहयोग गर्ने बताए। उनले कागजको टिकेटको सट्टा प्रविधिको प्रयोग बढ्दै गएको बताए। उनले ३५ वर्षदेखि हवाई क्षेत्रमा काम गरेकाले इसेवा मार्फत हवाई क्षेत्रको प्रचार गर्न पाउँदा खुसी लागेको बताए।

प्रकाशित: १३ फाल्गुन २०७८ १५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App