९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

महालक्ष्मीको सभा शुक्रबार

महालक्ष्मी विकास बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा फागुन १३ गते हुने भएको छ। फागुन ५ गते बसेको बैंक सञ्चालक समिति बैठकको निर्णय अनुसार यसअघि स्थगित भएको उक्त सभा फागुन १३ गते शुक्रबार गर्न लागिएको बैंकले जनाएको छ।

उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने लगायत प्रस्ताव पेस गरिने बैंकले जनाएको छ।

प्रकाशित: १० फाल्गुन २०७८ ०२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App