१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

आइएमई पे र एभरेस्ट बैंकबीच सम्झौता

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे र एभरेस्ट बैंक लिमिटेडबीच बैंक लिंक गर्न मिल्ने सम्झौता भएको छ। सम्झौतापश्चात उपभोक्ताले आइएमई पे मोबाइल वालेट एपमा एभरेस्ट बैंकको खाता लिंक गरी बैंकका वित्तीय सुविधा आइएमई पे एपमा प्रयोग गर्न सक्नेछन्।

हालसम्म नेपालको १४ वटा बैंकसँग यस्तै प्रकृतिको सम्झौता गरेको आइएमई पेको यो लिंक–अपमा निःशुल्क ट्रान्सफर तथा शीघ्र ट्रान्सफर लगायत फाइदा छन्।

आइएमई पेमा बैंक लिंक गरेपश्चात उपभोक्ताले आफ्नो सुविधा अनुसार एभरेस्ट बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्ने गरी सिस्टमलाई अध्यावधिक गरिएको छ भने आइएमई पेमा बैंक लिंक गरेपश्चात उपभोक्ताले सिधै आइएमई पेको पिन नम्बर राखी पैसा पठाउन वा सार्न मिल्ने लगायत सुविधा उपलब्ध हुने जारी विज्ञप्तिमा उल्लेख छ। साथै आफ्नो एभरेस्ट बैंकमा रहेको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न सकिने बताइएको छ।

प्रकाशित: ३ फाल्गुन २०७८ ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App