९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

एनसेलको लोकल कल महसुल घट्यो

एनसेलका ग्राहकले अब अझै सस्तोमा नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्ने भएका छन्।

एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर करबाहेक १.९९ रूपैयाँ प्रतिमिनेटबाट घटाई कर बाहेक प्रतिमिनेट १.६२ रूपैयाँ कायम गरेको छ।

प्रिपेड ग्राहकका लागि लागू भएको यो नयाँ महसुल दरले देशभर समान रूपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दरअन्तर्गत कल गर्न अझै सुलभ बनाएको कम्पनीले जनाएको छ।

यो परिमार्जित नयाँ महसुल दर शुक्रबारबाट लागू भएको हो। नयाँ महसुल दरले ग्राहकलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट  भ्वाइस कल गर्न सजिलो र सहज बनाउने कम्पनीको अपेक्षा छ। नयाँ महसुल दर २०७९ साउन २४ गतेसम्म लागू रहने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ फाल्गुन २०७८ ०३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App