२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एमएडब्लु लाइफको ‘जिप एक्सचेन्ज इभेन्ट’

नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले पुरानो गाडीलाई एक्सचेन्ज गरेर २०२२ जिप कम्पास खरिद गर्न मिल्ने जिप एक्सचेन्ज इभेन्ट ‘अपग्रेड योर एडभेन्चर’ सुरु गरेको छ।

यो इभेन्टमा ग्राहकले आफ्नो जुनसुकै ब्रान्डको पुरानो गाडीको बजारमा सबैभन्दा उच्च मूल्य पाउनुका साथै स्पट फाइनान्सिङको सुविधा पाउने कम्पनीले जनाएको छ।

ग्राहकले एक वर्षका लागि निःशुल्क इन्स्योरेन्स, एक वर्षका लागि निःशुल्क सडक कर र एसेसोरिज पाउनेछन्। साथै कम्पनीले २०२२ कम्पासका सबै मोडेल अधिकतम ७० प्रतिशत फाइनान्सिङर १२ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ।

जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडेल एस गरी चार ट्रिममा उपलब्ध छ जसको मूल्य ८७ लाख ९० हजारदेखि एक करोड ३९ लाख ९० हजार रूपैयाँसम्म छ।

प्रकाशित: २७ माघ २०७८ ०१:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App