६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

शिव शिखरको एटिएम ठैबमा

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ललितपुरको ठैंबमा एटिएम सुरु गरेको छ। सहकारी विभागका रजिस्ट्रार झलकराम अधिकारीले सोमबार उक्त एटिएम उद्घाटन गरेको संस्थाले जनाएको छ। 

सो अवसरमा रजिस्टार अधिकारीले सहकारी संस्थालाई पनि पेपरलेस (कागजविहीन) बनाएर प्रविधिमा आधारित बनाउनुपर्नेमा जोड दिए। संस्थाका प्रमुख कार्यकारी अधिकृत लीलानाथ गौतमले भक्तपुरको कमल विनायकमा पहिलोपटक पुस २२ गते एटिएम सेवा सुरु गरी अहिले सातौं एटिएम सुरु गरेको जनाए। उनले पोखरा, बाँंके, सुर्खेत, डोटी लगायत स्थानमा एटिएम सुरु गरिसकेको जानकारी गराए।

प्रकाशित: २५ माघ २०७८ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App