१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

कर्णालीका ३ सय ६८ उद्योग, पसलमा अनुगमन

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट पानी उद्योगमा अनुगमन गर्दै। तस्बिरः गोविन्द/नागरिक

वीरेन्द्रनगरमा रहेको  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सुर्खेतसहित दैलेख, जाजरकोट लगायतका जिल्लाहरुमा उपभोक्ताहरु प्रत्यक्ष जोडिने ३ सय ६८ उद्योग, पसल, होटल लगायतमा अनुगमन गरेको छ। कार्यालयका अनुसार खाद्य उद्योग, सुपरमार्केट, होटल, रेष्टुरेन्ट, मिठाई पसलदेखि उद्योगहरुमा अनुगमन गरिएको हो।

अनुगमन गरिएको पसल तथा उद्योगहरुमा खाद्य उद्योग ४५ वटा, पसल र सुपरमार्केट २६८ वटा, होटल रेष्टुरेन्ट, मिठाई पसल ५१ वटा, दाना उद्योग ४ वटा गरि ३ सयय ६८ वटा उद्योग पसल अनुगमन गरिएको कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले बताए। ६ महिनायता दूध तथा दुग्ध पदार्थ ४, तेल तथा ध्यूजन्य पदार्थ १२, खाद्यान्न तथा दलहजन्य पदार्थ ३०, प्रशोधित पिउने पानी ११, मसला ६, फल तथा सागपात ५ वटासहित ८० वटा नमुना संकलित गरी खाद्य ऐन बमोजिम परीक्षणका पठाईएको थियो। उपभोक्ताबाट गुनासा आउन थालेसंगै अनुगमनलाई तीव्रता दिई खाद्य सामग्रीहरु संकलन गरिएका हुन्। थोरै संख्यामा कर्मचारी हुँदा पनि लक्ष्यभन्दा धेरै प्रगति भएको देखिएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार अनुगमनमा चिउरा श्री फुड्स प्रा.ली बर्दियाले लेवल नभएको बजारमा बिक्री गरेको पाईएपछि मुद्दा प्रकृयामा रहेको छ। पवन प्याकेजिङ्ग उद्योग बाँकेले चना दाल दुषित बिक्री गरेको पाईएपछि मुद्दा प्रकृयामा रहेको छ। त्यस्तै दुर्गा मोर्डन आयल मिल सप्तरीले तोली तेल दुषित बिक्री गरेको पाईएको छ। यो पनि मुद्दा प्रकृयामा रहेको छ। उद्योगको अनुमति पत्र नलिई विना लेवलका भुजा तथा चिउरा उत्पादन गरेको मुद्दा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दायर भएको छ। अन्य मुद्दाहरु प्रकृयामा रहेकोले छिट्टै प्रशासन कार्यालयमा दायर हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका निमित्त प्रमुख भेषबहादुर थापाले बताए।

भुसाल ईन्टरप्राईजेज छिन्चुबाट लेवल नभएका ५० बोरा चामल र खाद्य ब्यापार कम्पनीको १० सय ७५ क्विन्टल चामल बिक्रीमा रोक लगाईएको छ। त्यस्तै आ पि जनरल स्टोर्स वीरेन्द्रनगरबाट ५४ पेटि भिनेगर तथा १ सय ५० पेटि सोया ससमा उत्पादन मिति २०२१ हुनुपर्नेमा २०२२ भएकाले बिक्रीमा रोक लगाईएको छ। पटक पटकको निर्देशन पालना नगरेका दुई चाउमिन र वेकरी क्याफे उद्योगको कारोवार रोक्का गरिएको जनाईएको छ।

प्रकाशित: २३ माघ २०७८ १५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App