१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

एकैपटक ७ लाखभन्दा बढी कारोबार गर्नेमाथि राष्ट्र बैंकले थाल्यो निगरानी

नेपाल राष्ट्र बैंकले सबै बैंकहरुलाई पत्र लेख्दै ७ लाख रुपैयाँ वा सो भन्दा बढीको नगद कारोबार भएको विवरण माग गरेको छ।

राष्ट्र बैंक सम्पत्ति शुद्धिकरण अनुगमन इकाइले २०७८ साउन १ गतेदेखि पुस ३० गतेसम्म बैंकमा ७ लाखभन्दा बढी नगद कारोबार भएका प्रत्येकको विस्तृत विवरण माग गरेको हो।

जसमा राष्ट्र बैंकले खातावालाको नाम, खाता नम्बर, कारोबार रकम, झिकेको वा जम्मा गरेको लगायतका विवरण माग गरेको छ।

राष्ट्र बैंकले वाणिज्य बैंकलाई लेखेको पत्रमा भनिएको छ, ‘यस विभागको सम्पत्ति शुद्धिकरण अनुगमन इकाइले त्यस बैंकको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको अवस्थाका विषयमा स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गर्दै आएको विदितै छ। सोही सन्दर्भमा त्यस बैंकबाट २०७८ साउन १ गतेदेखि पुस ३० गतेसम्म प्रति कारोबार ७ लाख रुपैयाँभन्दा बढी नगदमा भएका कारोबारहरुको तोकिएको ढाँचामा विभागको इमेलमा माघ २४ गतेभित्र उपलब्ध गराइदिनु,’।

प्रकाशित: २० माघ २०७८ ११:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App