लुम्बिनी विद्युत् उद्योग प्रालिले ‘पावर पार्टनर्स मिट–२०७८’ सम्पन्न गरेको छ। कम्पनीले ब्रान्ड एम्बेसडर राजेश हमाललगायत व्यक्तिहरूको उपस्थितिमा सो मिट सम्पन्न गरेको हो।
कम्पनीले लिट्मस केवल ब्रान्डअन्तर्गत आधुनिक जर्मन प्रविधि एवं अत्याधुनिक पूर्वाधार प्रयोग गरी विभिन्न प्रकारका गुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको जनाएको छ। वर्षौंदेखि लिट्मस केवलले बिक्री तथा सेवाहरूमा सुधार गर्दै अझै व्यापक बनाउनुका साथै पार्टनरहरूबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने सम्मेलनको आयोजना गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा कम्पनीलाई नयाँ उचाइमा पुर्याउन पार्टनरहरूको मेहनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भावी योजनाबारे छलफल गरिएको छ। सोही अवसरमा कम्पनीका ब्रान्ड एम्बेसडर हमालले लुम्बिनी विद्युत् उद्योगको पनि भ्रमण गरेका थिए।
भ्रमणका दौरान कम्पनीले प्रयोग गर्दै आइरहेको एडभान्स जर्मन टेक्नोलोजी मेसिनबाट उत्पादित सामान अवलोकन गरेका थिए। विगत चार दशकदेखि विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स जर्मन टेक्नोलोजी मेसिनहरूबाट आफ्ना उत्पादन गर्दै आइरहेको छ।
प्रकाशित: ९ माघ २०७८ ०२:५८ आइतबार