जिएमई कोरियाको सहकार्यमा आइएमई फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ विषयमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति आह्वान गरेको छ। आगामी एक महिनाभित्र इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन्।
दुई जनालाई प्रदान गरिने छात्रवृत्तिअन्तर्गत प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकन डलरका दरले छात्रवृत्ति रकम प्रदान गरिनेछ। सफ्टवेयर इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण इच्छुक जोकोहीले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्।
कोरियामा अध्ययनरत रहँदा जिएमई कोरियामा स–शुल्क इन्टर्नसिपको अवसर प्राप्त हुनेछ भने अध्ययन समाप्तिपछि कम्तीमा दुई वर्ष जिएमई कोरियामा पूर्णकालीन आबद्ध हुनुपर्नेछ।
प्रकाशित: २९ पुस २०७८ ०२:२८ बिहीबार