३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

दोस्रो चौमासिकका लागि अर्बाैं रकम निकासा

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चौमासिकमा न्यून पुँजीगत बजेट खर्च गरेका बाँकेका आठवटै स्थानीय तहमा दोस्रो चौमासिकका लागि अर्बौं बजेट निकासा भएको छ। कोष तथा लेखा नियन्त्रकको कार्यालय बाँकेले दोस्रो चौमासिकका लागि कुल दुई अर्ब १५ करोड २० लाख ६२ हजार चार सय ३९ रुपैयाँ निकासा गरेको हो।

कार्यालयले दिएको तथ्यांकअनुसार स्थानीय निकायतर्फको दोस्रो त्रैमासिक निकासाको विवरण कुल संघीय अनुदान दुई अर्ब ३९ करोड ६० लाख तीन हजार एक सय ८९ रुपैयाँ छ। यस्तै ११ करोड २४ लाख ५९ हजार दुई सय ५० रुपैयाँ छ। कार्यालय प्रमुख खडानन्द अधिकारीका अनुसार नेपालगन्ज उपमहानगरापलिकामा संघीय अनुदानतर्फ ४८ करोड ८५ लाख ७६ हजार नौ सय ६२ रुपैयाँ र प्रदेश अनुदानतर्फ दुई करोड ३३ लाख ९० हजार दुई सय ५० रुपैयाँ गरी निकासा भएको छ। यहाँ कुल ५१ करोड १९ लाख ६७ हजार दुई सय १२ रुपैयाँ निकासा भएको छ।  

कोहलपुर नगरपालिकामा संघीय अनुदानतर्फ २७ करोड ५० हजार तीन सय ३२ रुपैयाँ प्रदेश अनुदानतर्फ एक करोड ९२ लाख ८९ हजार पाँच सय रुपैयाँ गरी कुल २८ लाख ९३ लाख ३९ हजार आठ सय ३२ रुपैयाँ निकास भएको उनले जानकारी दिए। जिल्लामा रहेका ६ वटा गाउँपालिकामध्ये राप्तीसोनारीमा दोस्रो चौमासिकका लागि संघीय अनुदानतर्फ २६ करोड ४४ लाख ३४ हजार ६ सय ४२ रुपैयाँ, प्रदेश अनुदानतर्फ एक करोड १४ लाख ८७ हजार पाँच सय रुपैयाँ गरी कुल २७ करोड ५९ लाअ २२ हजार एक सय ४२ रुपैयाँ निकासा भएको उनको भनाइ छ।  

यस्तै बैजनाथ गाउँपालिकामा संघीय अनुदान २५ करोड २९ लाख आठ हजार नौ सय ६७ रुपैयाँ र प्रदेश अनुदानतर्फ एक करोड १३ लाख ४२ हजार रुपैयाँ गरी कुल २६ करोड ४२ लाख ५० हजार नौ सय ६७ रुपैयाँ निकासा भएको छ। कार्यालय प्रमुख अधिकारीले दिएको जानकारी अनुसार खजुरा गाउँपालिकामा संघीय अनुदानतर्फ २५ करोड ३१ लाख ६९ हजार ६ सय ७० रुपैयाँ, प्रदेश अनुदान एक करोड ६१ लख ७८ हजार पाँच सय गरी कुल २६ करोड ९३ लाख ४८ हजार एक सय रुपैयाँ निकासा गरिएको छ भने डुडुवा गाउँपालिकामा संघीय अनुदानतर्फ १८ करोड ४८ लाख ५५ हजार नौ सय ८० रुपैयाँ, प्रदेश अनुदानतर्फ एक करोड दुई लाख ८३ हजार गरी कुल १९ करोड ४९ लाख ३८ हजार नौ सय ८० रुपैयाँ निकासा गरिएको छ।  

पहिलो चौमासिकमा सबैभन्दा बढी पुँजीगत बजेट खर्च गरेको नरैनापुर गाउँपालिकामा भने दोस्रो चौमासिकमा संघीय अनुदानतर्फ १६ करोड ६७ लाख २९ हजार नौ सय ७७ रुपैयाँ, प्रदेश अनुदानतर्फ एक करोड १० लाख पाँच हजार रुपैयाँ गरी कुल १७ करोड ६८ लाख ३४ हजार नौ सय ७७ रुपैयाँ निकासा भएको कार्यालयले जनाएको छ। सबैभन्दा कम जानकी गाउँपालिकामा संघीय अनुदानतर्फ १५ करोड ९० लाख ७६ हजार ६ सय ५९ रुपैयाँ, प्रदेश अनुदानतर्फ एक करोड तीन लाख ८३ हजार पाँच सय रुपैयाँ गरी कुल १६ करोड ९४ लाख ६० हजार एक सय रुपैयाँ निकासा भएको छ।

प्रकाशित: २५ पुस २०७८ १२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App