२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

वित्तीय परामर्श दिन ‘मुद्रा कन्सल्ट’

वित्तीय परामर्श दिनका लागि ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ। सेवाग्राहीलाई वित्तीय क्षेत्रका सम्पूर्ण सेवा उपलब्ध गराउने उद्देश्यले ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा ल्याइएको सञ्चालक माधवप्रसाद चम्लागाईंले बताए।

व्यवसाय वृद्धिका लागि वित्तीय संस्थाबाट सेवा लिन आवश्यक कागजात तयारी गरिदिने, सुलभ, सरल र सहज रूपले विभिन्न विकल्पसहित परामर्श उपलब्ध गराउने उनले बताए। वित्त क्षेत्रमा सेवाग्राहीले ससाना कामका लागि धेरै दुःख खेप्नुपर्ने अवस्थालाई सरल र सहज ढंगले सम्पूर्ण सेवा प्रदान गर्नका लागि मुद्रा कन्सल्ट खोलिएको जनाइएको छ।

व्यापार प्रक्षेपण अथवा अनुमान र सम्भाव्यता विश्लेषण तयारीको कामसमेत मुद्रा कन्सल्टले गर्ने योजना रहेको कम्पनीले जनाएको छ। वित्तीय साक्षरतासम्बन्धी काम गर्दै वित्तीय साक्षरता बढाउने र प्रविधिमैत्री सेवा दिने कम्पनीको दाबी छ।

प्रकाशित: २० पुस २०७८ ०२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App