१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल बैंकद्वारा विद्यार्थी सम्मानित

नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संंकायअन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ट स्थान हासिल गर्ने छात्रा बबिता ग्वाछालाई सम्मान गरेको छ।

ग्वाछालाई नेपाल बैंक लिमिटेड छत्रमानसिंह केसी स्वर्ण पदक प्रदान गरेको हो। भक्तपुरको बागेश्वरी कलेजमा अध्ययनरत ग्वाछालाई त्रिभुवन विश्वविद्यालयको ४७औं दीक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले स्वर्ण पदकप्रदान गरका हुन्। 

२०२२ साल माघ ११ गते १ लाख रूपैयाँको अक्षयकोष स्थापना गरी सुरु भएको उक्त पदक त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा सर्वोकृष्ट हुनेलाई प्रत्येक वर्ष विश्वविद्यालयको दीक्षान्त समारोहको दिन प्रदान गरिँदै आएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले ग्वाछालाई सम्मान गरेका छन्।

प्रकाशित: १५ पुस २०७८ ०५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App