१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

काठमाडौं सुनचाँदी संघको करसम्बन्धी अन्तरक्रिया

 काठमाडौं सुनचाँदी व्यवसायी संघले नेपाल सरकारले करमा संशोधन गरेको विषयमा शनिबार आयकर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

संघका अध्यक्ष सुरेश शाक्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले ‘लिच्छिविकाल, मल्लकालदेखिनै नेपालले सुनचाँदीको कालिगढी पेसालाई व्यवसायीकरण गरेर आर्थिक क्षेत्रलाई योगदान दिन अगाडि बढेको बताए। ‘त्यसलै म यस पेसालाई सम्मान गर्न चाहन्छु,’ उनले भने, ‘नेपालको आर्थिक क्षेत्रमा सुनचाँदी व्यवसायले धेरै नै योगदान दिएकाले यस क्षेत्रका व्यवसायीहरू प्रशंसायोग्य हुनुहुन्छ।’

पौडेलले आन्तरिक राजस्व विभागका कर्मचारीले करदाताको अडिट सहज ढंगले गउरदिनुपर्ने र करदातालाई कुनै किसिमको दुःख दिन नहुने बताए। ‘विभागका कर्मचारीले कतै दुःख दिएछ भने सोझै मेरो मोबाइलमा फोन गर्नु, व्यवसायीको गल्ती छ भने व्यवसायी आफैंले सच्याउनु, कर्मचारीको गल्ती छ भने तत्कालै ती कर्मचारीलाई विभागको नियम अनुसार कारवाही हुन्छ,’ महानिर्देशक पौडेलले भने।

कार्यक्रममा आयकर शिक्षा र व्यवसायीको प्रश्नको जवाफ आन्तरिक राजस्व विभागका निर्देशक मित्रलाल अधिकारी र शाखा अधिकृत प्रदीप रेग्मीले दिएका थिए। संघका सहकोषाध्यक्ष प्रमिल स्थापितको संयोजकत्वमा भएको उक्त कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य, नेपाल सुनचाँदी व्यवसायी महासंघका विशिष्ट सदस्य मणिरत्न शाक्य, महासंघका उपाध्यक्ष तथा निवर्तमान अध्यक्ष महेन्द्ररत्न शाक्य र महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले व्यवसायीको समस्याबारे आफ्नो धारणा राखेका थिए।

प्रकाशित: ११ पुस २०७८ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App