७ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

म्याग्दी क्याम्पसमा नेपाल बैंकको डिजिटल बैंकिङ साक्षरता

नेपाल बैंक बेनी शाखाले मंगलबार म्याग्दी बहुमुखी क्याम्पसमा डिजिटल बैंकिङ वित्तीय साक्षरता तथा बैंकिङ क्वीज कार्यक्रम आयोजना भएको छ।

क्याम्पसमा अध्ययनरत ब्यवस्थापन संकायका विद्यार्थीलाई लक्षित गरी आयोजित कार्यक्रमको उद्घाटन गर्दै सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीले विद्यार्थीले सिकेको वित्तिय सीपले ब्यक्तिगत, परिवार र राष्ट्रलाई नै सहयोग पुग्ने बताए। उनले विद्यार्थीले दैनिक जीवनमा बैंकिङ सेवाको फाइदाहरु, बचत गर्ने बानीको विकास, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा तथा र यसका फाइदा लगायतका बारेमा जानकारी हुँदा भविष्यमा बैंकिङ क्षेत्रमा प्रवेशको क्रममा समेत सहज हुने बताए।

कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष सोमनाथ ढुंगाना, कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठ, क्याम्पस प्रमुख गोरखबहादुर जिसी, सहायक क्याम्पस प्रमुख श्रीधर सुबेदी, संकाय विभाग प्रमुख नारायण सुबेदी लगायत १ सय जना विद्यार्थीको उपस्थिती रहेको थियो। सोही अवसरमा बैंकका शाखा प्रबन्धक मोहनप्रसाद लामिछानेले नेपाल बैंकले लागू गरेका विभिन्न सेवा सुविधाहरु, डिजिटल बैंकिङ, विद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकिङका विविध आयामहरुको बारेमा जानकारी गराएका थिए।

उनले बेनी शाखामार्फत निरक्षरदेखि साक्षर ग्राहकको रोजाइमा पर्ने गरी आधुनिक प्रविधियुक्त बैकिङ सेवालाई प्राथमिकता दिइएको बताए। बैंकले क्याम्पसमा अध्ययनरत विद्यार्थीको आवश्यकता र शैक्षिक पाठ्यक्रमलाई समेत ध्यानमा राखेर विभिन्न अफरसहितका आधुनिक सेवाका बारेमा जानकारी गराउने गरेको छ। सोही अवसरमा आयोजित बैंकिङ क्वीज प्रतियोगितामा ९ समूहको सहभागीता रहेको थियो।

प्रतियोगितामा भरत बुढाथोकी, लिला पूर्जा र विषेश केसीको समूह प्रथम, अभिशेक केसी, यज्ञप्रसाद श्रेष्ठ र सुरेश थापाको समुह द्धितिय, भरत सुबेदी, सुस्मा पौडेल, सुजता पौडेलको समूह तृतिय भएको थियो। प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश ४५ सय, ३ हजार र २४ सय नगद, प्रमाणपत्र प्राप्त गर्नेछन्।

उक्त पुरस्कार आगामी पुष १८ गते हुने क्याम्पसको वार्षिक उत्सवको अवसरमा वितरण गरिने छ।

प्रकाशित: ६ पुस २०७८ १२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App