१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

एफवान सफ्ट आइसिटी अवार्ड सम्पन्न

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ‘आइसिटी अवार्ड २०२१’ को ग्रान्ड फिनाले सम्पन्न भएको छ। लिभिङ विथ आइसिटीले आयोजना गरेको अवार्डमा विभिन्न १२ विधामा सर्वोत्कृष्टलाई आइसिटी अवार्ड २०२१ प्रदान गरिएको थियो।

छैटौं संस्करणको रूपमा आयोजना भएको आइसिटी अवार्डको विगत पाँच महिनादेखि छनोट प्रक्रिया जारी रहेको थियो। यस वर्षको अवार्डमा विभिन्न ११ विधामा चार सय बढीको अनलाइन नोमिनेसन दिएका थिए।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वमन्त्री पार्वत गुरुङ, सचिव डा. वैकुण्ठ अर्याल, सचिव सुरेश आचार्य, राष्ट्रिय योजना आयोगका माननीय सदस्यहरू डा. पुष्परमण वाग्ले र डा.रामकुमार फुँयालले विजेतालाई अवार्ड प्रदान गरेका थिए।

प्रकाशित: ६ पुस २०७८ ०३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App