१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखरा महोत्सव पुस अन्तिममा

पोखरामा पुस अन्तिम सातादेखि पोखरा महोत्सव हुने भएको छ। युनाइटेड क्लव पोखराको आयोजनामा पुस २८ गतेदेखि माघ ९ गतेसम्म पोखरा महोत्सव गर्न थालिएको हो। अमरसिंहचौरमा हुने एघारौ संस्करणको पोखरा महोत्सवको तयारी शुरु गरिएको आयोजक युनाइटेड क्लव पोखराले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

१२ दिनसम्म चल्ने महोत्सवको सम्पूर्ण स्टलहरु बुकिङ भइसकेको क्लवले जनाएको छ। क्लवका अध्यक्ष तथा महोत्सव संयोजक राजु श्रेष्ठले २४७ वटा स्टल बुकिङ भइसकेको जानकारी दिए।  महोत्सवले देशको कला, संस्कृति, भेष–भुषाको संरक्षणमा टेवा पु¥याउने, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गर्दै देशलाई समृद्धितर्फ लैजान सहयोग गर्ने अध्यक्ष श्रेष्ठले बताए।

महोत्सवमा सुचना प्रविधिको जानकारी, गण्डकी प्रदेशको पर्यटकीय स्थानको बारेमा जानकारी दिनुका साथै आन्तरिक तथा बाह्य उत्पादित वस्तुको बजार सहजीकरण गराउने महोतसवको उद्देश्य रहेको उनले जानकारी दिए। महोत्सवको माध्यमबाट कला, साहित्यको प्रवद्र्धनमा पनि टेवा पुग्ने भन्दै उनले भने,‘महोत्सवमा कलाकारको प्रतिभा प्रस्फुटन, आर्थिक चलायमान गराउँदै रोजगारी सिर्जना गर्ने उद्योगको प्रवद्र्धन गर्ने हाम्रो लक्ष्य छ।’

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी तथा झाँकी प्रदर्शनी, औद्योगिक उत्पादन, हस्तकला, सूचना प्रविधी प्रदर्शनी एवं जानकारी, व्यावसायिक संघ सस्थाहरुको सेवा बारे जानकारी दिइनेछ । स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुती लगायतका गतिविधी हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए।

महोत्सवमा राष्ट्रिय स्तरका कलाकारद्वारा दोहोरी गीत प्रस्तुती, राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय व्याण्डहरुको  लाइभ कन्सर्ट, हांस्य ब्यङ्ग्य प्रस्तुती रहने आयोजकले बताएको छ। त्यस्तै उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृति झल्कने प्रस्तुती, चमेना गृहको ब्यवस्था, बाल उद्यान, झाकी प्रस्तुती, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम रहने श्रेष्ठले जानकारी दिए। महोत्सवमा दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान क्लवले गरेको छ।  

प्रकाशित: ५ पुस २०७८ ०९:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App