४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेउवामसंघमा उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव

नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन समितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव दिएको छ। बिहीबार महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी संयोजकत्वको समितिको बैंठकले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव दिएको हो।

बैठकमा समितिका संयोजक कुशकुमार जोशीले उद्योग वाणिज्य महासंघलाई समावेशी तथा निजी क्षेत्रको बलियो धरोहर बनाउनको लागि विधान संशोधन गर्नु पर्ने आवश्यक रहेको बताए। उनले नयाँ विधानको मस्यौदा प्रदेश कमिटीहरु लगायतको सल्लाह सुझाव अनुसार तयार पारेर महासंघलाई बुझाइसकेको जानकारी दिए।

त्यस्तै, समितिका सहसंयोजक पशुपति मुरारकाले नयाँ विधानमा कोषाध्यक्ष पद खारेज गर्न प्रस्ताव गरिएको बताए। उनले कोषाध्यक्ष पद खारेज गरेर एक जना उपाध्यक्षले कोषाध्यक्षको जिम्मेवारी निर्वाह गर्ने गरी नयाँ व्यवस्था गरिएको बताए। मुरारकाले मस्यौदामा वरिष्ठ उपाध्यक्ष पद र कोषाध्यक्ष पद खारेज गर्ने बताए।

सहसंयोजक मुरारकाले कार्यसमिति सदस्यहरुबाट एक जना महिला उपाध्यक्ष चुनिने व्यवस्था विधान मस्यौदामा गरिएको पनि बताए। उनले महासंघका सबै विधाको कार्यसमितिमा महिला सदस्य अनिवार्य गर्नु पर्ने सुझाव समितीको रहेको बताए। मुरारकारले नयाँ विधानमा कार्यसमितिको कार्यकाल छोट्याइएर ३ वर्षबाट अवदेखि २ वर्षको मात्रै हुने र अध्यक्ष पदमा एक पटक मात्रै कायम हुने व्यवस्था गरिएको बताए।

प्रकाशित: १ पुस २०७८ १४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App