२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बसन्त चौधरीले पाए केएलएफ अवार्ड

भारतको बहुचर्चित कलिंग लिटररी फेस्टिबलमा नेपालका चर्चित कवि वसन्त चौधरीको कृतिले ‘पोएट्री बुक अफ दी इयर’ अवार्ड पाएको छ। वर्ष २०२०–२१ का लागि ‘केएलएफ पोएट्री बुक अफ दी इयर’ अवार्ड चौधरीको हिन्दी कविता संग्रह ‘अनेक पल औ मैं’ले पाएको हो।

वाणी प्रकाशनबाट प्रकाशित यो पुस्तक नेपाल, भारत र विश्वभरका हिन्दीभाषीमाझ निकै चर्चित छ।विभिन्न विधामा प्रकाशित उत्कृष्ट कृतिका लागि प्रत्येक वर्ष केएलएफ बुक अवार्डस् वितरण गर्ने गरिन्छ।

प्रत्येक वर्ष हिन्दी भाषामा प्रकाशित नन्–फिक्सन,फिक्सन बुक,कविता संग्रह, हिन्दी बुक, बायोग्राफी अटोबायोग्राफी,भाषा पर्यावरण,बच्चाहरूसँग सम्बन्धित कृति,बिजनेस बुक्स, लाइफ स्टाइल, इमरजिङ ट्रेन्ड बुक्स,खेल तथा सामरिक लगायतका विषयमा लेखिएका पुस्तकबाट उत्कृष्ट छानी अवार्ड घोषणा गर्ने गरिन्छ।

प्रकाशित: १ पुस २०७८ ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App