१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

टिभिएस रेडर सार्वजनिक

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले भरतपुरस्थित आफ्नो एक्सक्लुसिभ सोरुमबाट १२५ सिसी श्रेणी अन्तर्गत टिभिएस रेडर सार्वजनिक गरेको छ।

सप्तरंगका हास्यकलाकार  सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल गायक रामकृष्ण ढकाल, बद्रि पगेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारीको उपस्थितिमा उक्त मोटर साइकल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

युवा लक्षित र स्पोर्टी दाबी गरिएको उक्त मोटरसाइकलमा एलसिडी डिजिटल स्पिडोमिटर, थ्रिभी आइटच स्टार्ट,एनिमलिस्टिक एलइडी हेडल्याम्प जस्ता फस्र्ट–इन–क्लास फिचर्सका साथै फर्स्ट–इन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १ पुस २०७८ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App