१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

क्लासिक टेकले नयाँ सेवा ल्याउँदै

क्लासिक टेकले वाइफाई ६ को साथमा टेकह्याम वान जिबिपिएस इन्टरनेट सेवा ल्याउने तयारी गरेको छ।

नेपालमै पहिलो पटक वाइफाई ६ का साथमा टेकह्याम १ जिबिपिएस इन्टरनेट प्रविधि भित्र्याउन अन्तिम परीक्षण भइरहेको कम्पनीले जनाएको छ। वाइफाई ६ अन्तर्गत स्मार्ट कनेक्टिभिटी,बिमफर्मिङ, एमयु–एमआई एमओलगायत सुविधा रहने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

वाइफाई ६ प्रविधिअन्तर्गत इन्टरनेटको स्पिड थ्री विबिपिएससम्म रहनेछ। पहिलो चरणमा वान विबिपिएससम्मको ब्यान्डविथमा अन्तिम परीक्षण गरिरहेको कम्पनीले जनाएको छ। यसले कुनै विशेष डिभाइसमा वाइफाई केन्द्रित गर्ने हुनाले बिनाझन्झट प्रयोगकर्ताले इन्टरनेट प्रयोग गर्न सक्नेछन्।

वाइफाई ६ ले प्रयोगकर्तालाई मल्टिपल वायरलेस राउटरबाट इन्टरनेट प्राप्त गर्न सम्भव हुने र यसले धेरै प्रयोगकर्ता,धेरै इनपुट, धेरै आउटपुट प्रविधि हुनाले वाइफाई राउटरलाई एकै साथ धेरै उपकरणसँग समन्वय गर्न सम्भव रहेको कम्पनीको दाबी छ।

प्रकाशित: २९ मंसिर २०७८ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App