१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सांग्रिला बैंकको सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौं सामाखुसीस्थित मानवसेवा आश्रमलाई खाद्यान्न तथा नगद सहयोग गरेको छ।

घरवारविहीन, सडकपेटीमा बस्ने व्यक्ति तथा मानसिक सन्तुुलन गुुमाएका व्यक्तिलाई पालनपोषण गर्दै आएको आवाससहितको उक्त आश्रममा आश्रय लिई बसेका ७५ जना व्यक्ति उक्त सहयोगबाट लाभान्वित हुने बैंकले जनाएको छ। 

आश्रमले चार वर्षदेखि सेवा दिँदै आएको छ। त्यसैगरी बैंकले सानोश्री, बर्दिया शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउन उक्त शाखा विस्तार गरेको जनाएको छ। सोमबारदेखि शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकको छ।

प्रकाशित: २८ मंसिर २०७८ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App