२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सुरुंगामा माछापुच्छ्रेको क्युआरकोड

माछापुच्छ्रे बैंकले झापाको सुरुंगा बजारका स्थानीय व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरी डिजिटल कारोबार सुरुवात गरेको छ।

नगदरहित कारोबारलाई प्रवर्द्धन गर्न डिजिटल बैंकिङको पहुँच पुर्‍याउने लक्ष्यका साथ उक्त सेवाको सुरुवात गरेको बैंकले जनाएको छ।

कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले उक्त सेवाको उद्घाटन गरेका छन्। 

उक्त सेवा सुरु भएसँगै ग्राहकले आफूले उपभोग गरेको वस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्नसक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २८ मंसिर २०७८ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App