८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

कांग्रेसको महाधिवेशनमा कलकत्ताका माछा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहभागीको भोजनका लागि दैनिक दुई हजार ४०० केजी माछा कलकत्ताबाट आयात गरिएको छ। मङ्सिर २४ गतेदेखि कांग्रेसको महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ।

भोजनको प्रबन्ध दियालो र अनुपम फुडल्याण्डले संयुक्त रुपमा गरेका छन्। दियालो फुडल्याण्डका प्रबन्ध निर्देशक खोमराज खरालले दैनिक छ हजार व्यक्तिलाई तीन छाक भोजन खुवाउने गरेको र माछा साहाकारीले समेत खाने हुँदा माछाको खपत बढेको बताउँछन्।

कांग्रेसको महाधिवेशनभर करिब १० टन माछा खपत हुने अनुमान छ। अधिवेशनमा दैनिक ८०० केजी कुखुरा र ८०० केजी खसीको मासु खपत हुने गरेको छ। अधिवेशनको बिहान नास्ताका लागि झन्डै १२ हजार अण्डा खपत भएको थियो।

अधिवेशनमा दैनिक छ हजार व्यक्तिका लागि भोजन तयारी गरिएको छ। प्रतिदिन प्रतिव्यक्ति रु दुई हजार २०० का दरले बिहानको नास्ता र दुई छाक खाना खुवाउनुपर्ने सम्झौता भएको दियालो फुडल्याण्डका अध्यक्ष जनप्रकाश चापागाईंले जानकारी दिए। खानामा साहाकारी र मांशहारी दुवै थरीका भोजन तयार गरिँदै आएको बताइन्छ।

प्रकाशित: २६ मंसिर २०७८ १५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App