१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

कमलविनायक बचतको १४ औं साधारणसभा सम्पन्न

भक्तपुरको कमलविनायकस्थित कमलविनायक बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।

साधारणसभाको उद्घाटन भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले गरेकी थिइन्। सो क्रममा उनले भक्तपुर नगरपालिकाले गरिरहेको कामको चर्चा गर्दै अहिले भक्तपुर नगरपालिकाले अवलम्बन गरेको ख्वप मोडेलको सबैतिर प्रशंसा भइरहेको बताइन्।

उनले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणजस्ता विषयलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको जनाउँदै चुनावताका जनतालाई दिएको वाचा पूरा गर्दै गएको उल्लेख गरिन्। उनले भक्तपुरमा पनि कतिपय सहकारीहरुले धेरै ब्याज दिने लोभ देखाउँदै सदस्य बनाउने काम गरिरहेकोप्रति नगरपालिकाको ध्यानाकर्षण भएको जनाइन्।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले वडामा भएका विकास निर्माणको प्रगतिबारे जानकारी दिँदै सहकारीकर्मी र सहकारीका सदस्यहरुले देशको अवस्थाबारे जानकारी लिनुपर्नेमा जोड दिए।

आयोजक सहकारीका अध्यक्ष कृष्णप्रसाद लाखाले अतिथिहरुलाई मायाको चिनो प्रदान गर्दै ओरेन्टल र सिभिल सहकारीहरुजस्ता बद्मास सहकारीहरुका कारण सहकारी क्षेत्र नै बद्नाम भएको बताए। उनले खराब सहकारीहरुलाई नियन्त्रण र नियमन गर्न जरुरी रहेकोमा समेत जोड दिए।

कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनीधि जगन्नाथ प्रजापतिले स्थानीयहरुले सञ्चालन गरेका सहकारीहरुलाई विश्वास गर्न अनुरोध गर्दै सहकारीहरुले सहकारी शिक्षा शिविर सञ्चालन गर्नपर्ने बताए। उनले जिल्ला संघ एक व्यक्ति, एक सहकारीको नीतिको पक्षमा नरहेको स्पष्ट पार्दै सो नीति सहकारी सिद्धान्तविपरीत रहेको चर्चा गरे।

सहकारीका विभिन्न समिति र उपसमितिका प्रविदेनहरु समेत प्रस्तुत सो सभामा सहकारीले सञ्चालन गरेका विभिन्न तालिमका प्रशिक्षार्थी र प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा भक्तपुर साकोस्का निर्मल प्रजापति, सल्लाहकार राजाराम तजले  लक्ष्मीप्रसाद चवालले सहकारीले खेलेको भूमिकाबारे परिचर्चा गरेका थिए।

प्रकाशित: २५ मंसिर २०७८ १३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App