७ वैशाख २०८१ शुक्रबार
अर्थ

५० करोड लगानीको गोरखा गार्डेन होटल संचालनमा

गोरखामा संचालनमा आएको गोरखा गार्डेन होटल। तस्विरः नागरिक

करिब ५० करोड रुपैयाँ लगानीमा निर्माण भएको गार्डेन होटल संचालनमा आएको छ। होटल संचालकले पत्रकार सम्मेलन गर्दै होटलले सेवा सुरु गरेको जानकारी दिए।  

यती ठुलो लगानीमा बनेको यो नै गोरखाको पहिलो रिसोर्ट हो। गोरखा गार्डेन होटल प्रालीले ‘थ्रीस्टार’ सरह सेवा सुविधा दिने गरी होटल तयार गरेको अध्यक्ष ऋषिराम पौडेलले बताए। ‘तीनतारे’ को अनुमती पर्यटन मन्त्रालयबाट लिनुपर्छ। त्यो लिन भने बाँकी छ’ उनले भने, ‘तर सेवा सुविधा भने त्यही अनुसारका छन्।’  

भरतपुर गार्डेन होटलमा गोरखा र चितवनका व्यावसायीको लगानी छ। होटलमा ८२ जना लगानीकर्ता छन्। औपचारीक उद्घाटनको कार्यक्रम बाँकी रहेको तर सेवा भने सुरु भएको होटलले जनाएको छ। होटलले गोरखामै उत्पादन भएको अर्गानिक खेतीलाई प्राथमिकता दिने संचालक समितिले जनाएको छ।  

भरतपुरमा सफल भएका गार्डेन रिसोर्टका व्यावसायीले गोरखामा होटल संचालन गर्ने योजना २०७२ सालदेखि बनाएका थिए। धार्मिक र ऐतिहासिक रुपमा प्रख्यात गोरखामा होटल बनाउँदा यहाँ आउने पर्यटकलाई सहज हुने उनले बताए। ‘विश्व इतिहासमा गोरखा चर्चित छ,’ उपाध्यक्ष बद्रीबहादुर मास्केले भने ‘हामीले यहाँ राम्रो होटल बनाउनु अनुरोध ग¥यौ, गोरखाका लागि पनि आवश्यकता महशुस गरेर सुरु गरेका हौं।’  

गोरखा गार्डेन होटलमा ४६ वटा कोठा छ। अहिले चारहजार देखि ११ हजार रुपैयाँ प्रतिरात शुल्क पर्ने कोठा छन्। उद्घाटन वर्ष भएकाले अगामी असारसम्म २५ प्रतिशत छुट दिईने संचालक सदस्य केशब देबकोटाले बताए। एकसय २५ जना पाहुनालाई होटलले सहज रुपमा राख्न सक्ने क्षमता राख्ने संचालकले बताएका छन्। स्विमिङ पुल भने कोठामा बस्ने पाहुनाको लागि मात्रै प्रयोग हुने म्यानेजर रमेश सापकोटाले बताए।  

दुईवटा सुइट, १० वटा सुपर डिलक्स र ३४ वटा डिलक्स रुम होटलमा छन्। होटलले बिदेशी पाहुनालाई केन्द्रीत गर्ने रणनीति बनाएको छ। ‘चितवन, पोखरा, बन्दिपुर र उत्तरी गोरखा आउने पर्यटकलाई हामी होटल सम्म एक–दुई रात ल्याउने योजना बनाएका छौं,’ अध्यक्ष पौडेलले भने। होटलले ४० प्रतिशत भने आन्तरिक पर्यटकलाई सेवा दिने लक्ष्य लिएको छ।

२०७३ फागुनदेखि होटलले जग्गा खरिद प्रक्रिया सुरु गरि निर्माण थालेको थियो। ‘कोभिडका कारण हामीले छिटो काम गर्न सकेनौ,ं’ उनले भने ‘करिब १० करोड लागत डेढ वर्ष निर्माण ढिलो हुँदा थपियो।’  

१५ रोपनी क्षेत्रफलमा रहेको होटलमा सुन्दर गार्डेन, आकर्षक कोठा, साना ठुला गरी चारवटा हलहरु रहेको छन् । होटलमा गोरखाको पहिचान दिने मनकामना, गोरखानाथ, कालिक, लिगलिगकोट नामका हल छन्। चारवटा हलमा एकैपटक छ सय जना सम्म अट्नेछन भने तीनसय जना सम्म अट्ने क्षमताको एउटै हल छ। होटलबाट गोरखा बजार र दरौँदी फाँटको दृष्य पनि देख्न सकिन्छ।

प्रकाशित: २३ मंसिर २०७८ १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App