१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

कुमारी बैंकको फोनलोन इएमआई सुविधा

कुमारी बैंकले नेपालमै पहिलो पटक एफवान सफ्ट इन्टरनेसनल प्राइभेट लिमिटेडसँगको सहकार्यमा इएमआईमा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था सुरु गरेको छ।

आफ्नो सेवालाई डिजिटलमैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले फोनलोन इएमआई सुविधा सञ्चालनमा ल्याएको हो।

बैंकमा विभिन्न तलब खाता भएका ग्राहकले न्यूनतम एक हजारदेखि अधिकत दुई लाख रूपैयाँसम्म कुमारी स्मार्ट मोबाइल बैँकिङबाट कुनै धितो वा कागजी प्रक्रिया बिनै फोनलोन सुविधा लिन सक्ने बैंकले जनाएको छ।

उक्त कर्जा आयस्रोतको आधारमा ग्राहकले एक महिनादेखि १ वर्षसम्म कुनै एक अवधि छनोट गरी भुक्तानी गर्नसक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २१ मंसिर २०७८ ०२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App