११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

क्यान इन्फोटेक माघ १८ बाट

इन्फोटेकको २७औं संस्करण आगामी माघ १८ देखि २३ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने गरी तयारी अगाडि बढाइएको आयोजक क्यान महासंघले जनाएको छ।

महासंघका महासचिव नारायण थापाका अनुसार इन्फोटेकको २७औं संस्करण गत वैशाख २८ देखि जेठ २ सम्म हुने गरी तयारी गरिएकोमा कोभिड–१९ को दोस्रो लहरका कारण स्थगित गरिएको थियो।

इन्फोटेकको २७औं संस्करणको मिति घोषणासँगै यसको शीर्ष प्रायोजन, सह–प्रायोजन, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर प्रायोजनका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुला गरिएको महासंघको विज्ञप्तिमा उल्लेख छ।  इन्फोटेकमा ब्रान्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, इ–वेस्ट म्यानेजमेन्ट, वाइफाई तथा इन्टरनेट र लर्निङ सेन्टर लगायत खण्डहरू रहने गरी तयारी अगाडि बढाइएको छ।

इन्फोटेकमा प्रदर्शकहरूले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, सोलार पावर सिस्टम, इन्भर्टर, युपिएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, पिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सिसिटिभी र हार्ड डिस्क, आइओटी तथा आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बिमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रर्दशनीमा रहनेछन्।

प्रकाशित: २० मंसिर २०७८ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App