८ वैशाख २०८१ शनिबार
अर्थ

सिटिजन्स बैंक र होटल सिटिपार्कबीच समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल सिटिपार्क प्रालि, जनकपुरबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। जस अनुसार बैंकका कार्डबाहकले होटल सिटिपार्कको सेवा सुविधामा विशेष छुट पाउनेछन्।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ। मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्ने लगायत व्यवस्था गरेको जानकारी बैंकले गराएको छ।

हाल बैंकले एक सय ७४ शाखा, एक सय २३ एटिएम र एक सय १४ शाखारहित एकाइबाट बैंकिङ सेवा दिइरहेको जनाएको छ।

प्रकाशित: १९ मंसिर २०७८ ०२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App