२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भारतको सहयोगमा विद्यालय भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा दार्चुलामा निर्मित मोती महिला संघ प्राथमिक विद्यालय र मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनको उद्घाटन गरिएको छ।

भारतको एक करोड २७ लाख नेपाली रूपैयाँ आर्थिक सहयोगमा निर्मित भवनको भारतीय राजदूतावासका नियोग उप–प्रमुख तीनामग्यसी खम्पा, जिल्ला समन्वय सिमिति, दार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिको उपस्थितिमा उद्घाटन गरिएको हो।

त्यस्तै भारत–नेपाल विकास सहकार्यअन्तर्गत भारत सरकारको दुई करोड ३३ लाख नेपाली रूपैयाँको सहयोगमा जिल्लाको महाकाली–७ धापस्थित मालिकार्जुन नमुना माविको नयाँ भवन पनि उद्घाटन गरिएको छ। नवनिर्मित उक्त भवनबाट पठनपाठनमा उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १५ मंसिर २०७८ ०३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App