६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनचाँदीका मूल्यमा सामान्य गिरावट

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले घटेर ९१ हजार ९ सय कायम भएको छ। पहेँलो सुन अघिल्लो दिन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला९१ हजार ४ सय तोकिएको छ यसको मूल्य सोमबार प्रतितोला ९१ हजार ५ सय  थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २सय ५ तोकिएको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९० डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: १४ मंसिर २०७८ ०५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App