coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मनाङ बाढी-पहिरो प्रभावितलाई प्रदेश सरकारको आर्थिक सहयोग

७४ परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँ सहयोग

मनाङमा बाढिपहिरो प्रभावितलाई राहत स्वरुप आर्थिक सहयोग हस्तान्तरण गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल। तस्बिरः नागरिक

गत असारमा आएको बाढी पहिरोको क्षति भोगेका मनाङबासीलाई हिउँदमा गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ। बर्खाले बढी क्षति पुर्‍याएको परिवारलाई ढिलै भएपनि प्रदेश सरकारले राहत स्वरुप आर्थिक सहयोग उपलब्ध गराएको छ। गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले नगद सहयोग प्रदान गरेका हुन्।  

अर्थमन्त्री बराल यतिबेला मनाङ सदरमुकाम चामेमा छन्। जेठ १५ र असार पहिलो साताको वर्षाले सदरमुकाम चामे सहित तालगाउँ बढी प्रभावित भएको थियो। सडक, पुल, पुलेसा, विद्युत आयोजनामा क्षति बढी भएको थियो। प्रदेश सरकारले बाढीपहिरो प्रभावितका लागि १ करोड ४८ लाख रुपैयाँ राहत स्वरुप प्रदान गरेको हो। बाढी तथा पहिरोबाट अतिप्रभावित ७४ घर परिवारलाई प्रति परिवारलाई २ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो।  

बर्खाले नासो, चाँमे लगायतका गाउँपालिका बढी प्रभावित भएका थिए। बाढी तथा पहिरो  प्रभावित क्षेत्रमा केही समय अघि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थ मन्त्री बराल सहितको टोलीले अवलोकन गरेर फर्किएपछि राहत सहयोग घोषणा गर्ने प्रतिबद्धता सहित फर्किएको थियो।  

मन्त्री बरालले प्रदेश सरकारले पूर्ण घर क्षति भएकाहरुलाई राहत स्वरुप उपलब्ध गराएको उल्ल्ेख गर्दै उक्त आंशिक क्षति भएको तथ्यांक समेत संकलन गर्न सरोकार निकायलाई आग्रह गरे। ‘प्रदेश सरकारले ढिलै भएपनि राहत गराएको छ।’ अर्थमन्त्री बरालले भने, ‘राहत रकम रकमलाई सही सदुयोग गर्नोस।’ मनाङ क्षेत्र यस बर्षको बाढीपहिरोले निकै प्रभावित भएकोले तत्काल गर्नूपर्ने आधारभूत आवश्यकता पूरा गर्न प्रदेश सरकारको ध्यान केन्द्रित भएको उनले बताए। प्रदेशका सम्बन्धित निकायहरु मनाङ क्षेत्रको विकास निर्माणमा जागरुक हुन र स्थानीयलाई समेत सचेत रहनुपर्नेमा समेत मन्त्री बरालको जोड थियो।  

स्थानीय सरकारको कार्यालय राख्य ठाँउ अभाव, बिद्युतीय समस्या रहेको नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले गुनासो गरे। आन्तरिक श्रोतको अभावमा केही गर्न नसकेको बताउदै उनले केही छुटपुट भएकोले पुनःसहयोग उपलब्ध गराउन प्रदेश सरकार समक्ष अनुरोध गरे। प्रकाश ज्योति मावि र भानु मावि (तालमा रहेको ) नदीको जोखिममा रहेको उनले उल्लेख गरे।  

प्रकाशित: १३ मंसिर २०७८ ०७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App