१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

स्याङ्जामा सुन्तला सुपर जोनको क्षेत्र विस्तार

स्याङ्जा जिल्लाको केही भेगमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरिएको छ।

पुतलीबजार नगरपालिकाका आठ वडा, भिरकोट नगरपालिकाका ६ वडा, अर्जुनचौपारी गाउँपालिकाका दुई वडा र वालिङ नगरपालिकाको एउटा वडामा कार्यक्षेत्र रहेको सुन्तला सुपरजोन विस्तार गरी जिल्लाभर बनाइएको कार्यालय प्रमुख माधव लम्सालले जानकारी दिएका छन्।

सुन्तला जोनबाट क्षेत्र विस्तार गर्दै सुपरजोन बनाइएको र अहिले सुपरजोनअन्तर्गत नै समग्र स्याङ्जा जिल्लाभर सुन्तलाखेती गर्ने समूह, सहकारी र निजी फर्मलाई पनि यसमा समावेश गरिएको उनले बताए। यसअघि जिल्लाका १७ वडाका एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तला सुपरजोनको कार्यक्रम लागू भएकामा अहिले जिल्लाका सुन्तला उत्पादन हुने ठाउँ सबैलाई यसमा समेटिएको उनले जानकारी दिए।

‘विभिन्न पालिकाका १७ वटा वडामा एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तलाको बगैँचा रहेको थियो,’ उनले भने, ‘अहिले क्षेत्र विस्तार गरेसँगै जिल्लाभरमा दुई हजार हेक्टर क्षेत्रफल पुगेको छ।’ १० हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला उत्पादन गर्ने समूह, सहकारी तथा व्यक्तिलाई सुपरजोनमा आवेदन दिनका लागि सूचना जारी गरिएकामा मापदण्डभित्र परेकालाई सुपरजोनको कार्यक्षेत्रभित्र समेटिएको उनले बताए।

‘चालु आर्थिक वर्षको साउनमा किसानलाई सूचीकृत हुनका लागि कार्यालयबाट सूचना जारी ग¥यौँ,’ उनले भने, ‘धेरैजसोले सूचीकृतका लागि आवेदन दिनुभयो। अझै पनि केही छुट्नु भएकाले उहाँहरूलाई पुनःसूचीकृत हुन भनेका छौँ र मापदण्डभित्र पर्ने सबैलाई समेटेर योजनाको कार्यान्वयन गर्छौं।’

स्याङ्जामा सूचीकृत हुनेको संख्या थप नहुँदाको अवस्थामा तीन हजार ३०० जना सुपरजोनमा आबद्ध थिए।

प्रकाशित: १२ मंसिर २०७८ ०४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App